रत्ननगर-नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार संवाददातासँग संक्षिप्त कुरा गर्दै उनले भने, “पार्टीको नेतृत्वसमेत परिवर्तन गर्नुपर्छ, त्यो अधिवेशनबाट हुन्छ ।”
वाम एकताको विषयमा संवाददाताले सोधेको जिज्ञासामा महामन्त्री डा कोइरालाले दुई ठूला पार्टी मिलेर गएपछि प्रतिस्पर्धा गर्न कठिन हुने बताउँदै भने, “हामीलाई चुनौती छ, हामीले आफ्नो पार्टीलाई जोगाएर लानुपर्छ ।”
अब कांग्रेस संगठित हुने सम्भावना बढिरहेको बताउँदै उनले यो एकताले पनि काँग्रेसलाई तपाईंहरु आफ्नो पार्टीलाई ठीक गर्नुस् भन्ने सन्देश दिएको बताए। महामन्त्री डा कोइरालाले पार्टी कमजोर भएको स्वीकार गर्दै पार्टी सुदृढीकरणको प्रक्रिया शुरु भइरहेको समेत दाबी गरे ।
महासमिति र केन्द्रीय समितिको बैठक डाक्ने तयारीमा रहेको भन्दै उनले त्यसमा कमीकमजोरीबारे गम्भीर छलफल हुने धारणा व्यक्त गरे । महामन्त्री डा कोइरालाले पार्टी संसदीय दलको नेतामा सभापति देउवा र प्रकाशमान सिंहले पनि चाहना राखेको भन्दै आफू सर्वसम्मतिमा भए मात्रै संसदीय दलको नेतामा जाने जिकिर गरे । चुनाव हुने अवस्थामा भने नजाने उनले भनाइ थियो।
महामन्त्री डा कोइरालाले कांग्रेसले चुनावका बेलामा केही दलसँग सहकार्य गरेको जानकारी दिँदै अब विभिन्न दल मिल्ने विषयमा कांग्रेस गम्भीर रुपमा अघि बढ्ने बताए ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने