
प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुहुँदै । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, ६ फागुन – प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छ ।
साँझपख बालुवाटार सर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोप्नुभएको थियो । आज १९ महिनापछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै बालुवाटार प्रवेश गर्नुभयो ।
बिहीबार प्रधानमन्त्री बन्नुभएका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्नुभएको थियो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि आज प्रधानमन्त्री ओली सरकारी निवासमा सर्नुभएको हो ।
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण