सुर्खेत-प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ । मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गरेका छन् ।
मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्नेछन्। प्रदेश नं ६ मा नेकपा माओवादी केन्द्रको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ ।
नेकपा एमालेको भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय परेको छ ।
माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय आफूसँग राख्ने योजना बनाए पनि एमालेले उक्त मन्त्रालय दाबी गर्दा माओवादी केन्द्रले छोडेको छ ।
मुख्यमन्त्री शाहीले आफ्नो दलको भागमा परेका मन्त्रालयको मन्त्री छान्न आन्तरिक तयारी गरिरहेको सांसद कृष्णा शाहले बताए । माओवादी केन्द्रको भागमा परेका आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा रुकुमका सांसद विमला केसीलाई मन्त्री बनाउने तयारी गरेको सांसद शाहले जानकारी दिए ।
मुख्यमन्त्री पाएको माओवादी केन्द्रले शनिबार मन्त्रालयको टुङ्गो लगाएपछि भोलि बिहान बस्ने संसदीय दलको बैठकले मन्त्री बन्ने भण्डारी र केसीको नाम अनुमोदन गर्ने उनले बताए ।
नेकपा एमालेले भने आफ्नो भागमा परेका चारवटा मन्त्रालयका लागि मन्त्री छान्न आन्तरिक गृहकार्य भइरहेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए । भोलिसम्म मन्त्री बन्नेको नाम टुङ्गो लाग्ने र शपथ लिने उनले बताए ।
वाम गठबन्धनका दुई दलबीच एमाले चार र माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको थियो । यो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एकजना सांसद छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने