काठमाडौँ, २ फागुन – नेकपा (एमाले) ले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
ललितपुरको मानभवनस्थित एक निजी घरमा आज बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा जानकारी गराएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार अध्यक्ष ओलीले सरकार गठन तथा पार्टी एकीकरणपछि अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी आलोपालो गर्ने विषय बैठकलाई जानकारी गराउनुभएको थियो ।
एमाले स्थायी समितिको बैठक सकिएलगतै एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीचको वान टु वान बैठक सुरु भएको छ । उहाँहरूको बैठक सकिएलगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने