काठमाडौँ, २ फागुन – नेकपा (एमाले) ले भावी प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।
ललितपुरको मानभवनस्थित एक निजी घरमा आज बसेको एमाले स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको ‘वान टु वान’ बैठकमा भएका छलफलका विषयमा जानकारी गराएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार अध्यक्ष ओलीले सरकार गठन तथा पार्टी एकीकरणपछि अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी आलोपालो गर्ने विषय बैठकलाई जानकारी गराउनुभएको थियो ।
एमाले स्थायी समितिको बैठक सकिएलगतै एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डबीचको वान टु वान बैठक सुरु भएको छ । उहाँहरूको बैठक सकिएलगतै पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न