
राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर- नवीन पौडेल, रासस
काठमाडौँ, २८ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमुक्त समुन्नत एवं सुसंस्कृत समाज स्थापनाका लागि सबै क्षेत्रबाट तत्परता र सक्रियता जरुरी रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो- ‘देशले अंगीकार गरेको नयाँ राजनीतिक पद्धति र संरचनामा सदाचार, सुशासन र सार्वजनिक उत्तरदायित्वको भावनालाई अझ बढी सुदृढ र प्रभावकारी बनाउन आयोगको भूमिका अझ सशक्त हुनुपर्छ भन्ने मैलै विश्वास लिएको छु ।’
उहाँले संघ, प्रदेश र स्थानीय तहमा असल अभ्यासको सुदृढीकरण गरी लोकतन्त्रको प्रतिफल जनसमक्ष पुरयाउन र प्रभावकारीरुपमा भ्रष्टाचार नियन्त्रण गर्न आयोगको भूमिका अझ सशक्त बन्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति भण्डारीले आयोगलाई संवैधानिकरुपमा भ्रष्टाचार नियन्त्रणको दायित्व सुम्पिएको भए पनि यस कार्यमा सबै सरोकारवाला पक्षको सक्रिय सहकार्य र सहयोगको आवश्यकता औँल्याउनुभयो ।
आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचार नियन्त्रण, विधिको शासन कायम गर्ने विषय कठिन भए पनि असम्भव भने नरहेको बताउनुभयो ।
संविधानले अनुचित कार्यलाई आयोगको कार्यक्षेत्रभित्र नराखेकाले केही जटिलता आएको बताउँदै उहाँले विज्ञान प्रविधिले भ्रष्टाचारको स्वरुपमा पनि परिवर्तन गरेकाले आयोगको कार्यक्षमता बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने वक्ततृत्वकला र कविता प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्नेलाई राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश गोपाल पराजुली, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलगायतका विशिष्ट व्यक्ति उपस्थित थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा