नवलपरासी, २७ माघ – भगवान् गौतमबुद्धको अष्टधातु रहेको बर्दघाट–सुस्ता पश्चिम रामग्राम स्तूप आसपासका क्षेत्रमा चीन सरकारले पर्यटन प्रवर्धनमा करिब रु एक अर्ब ५० करोड बराबरको आर्थिक लगानी गर्ने भएको छ ।
पर्यटन प्रवर्धनको क्षेत्रमा चीनले गर्न लागेको लगानी नेपालका सबै स्थानीय तहमध्ये यहाँ सबैभन्दा बढी रहेको रामग्राम नगरपालिकाले जनाएको छ । भगवान् गौतमबुद्धको सातवटा स्थानमा अष्टधातु रहेकामध्ये रामग्राम स्तूप मात्र सिंगो अष्टधातु रहेको स्थल मानिन्छ ।
चीनले ठूलो आर्थिक लगानी गरेर निर्माणको काम अघि बढाएपछि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकासले फड्को मार्ने विश्वास लिइएको छ । रामग्राम स्तूप आसपासमा चिनियाँ सरकारबाट आर्थिक लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भइसकेको रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।
‘सम्पूर्ण लगानी चीन सरकारले गर्नेछ, भौतिक संरचना निमार्णका लागि रामग्राम नगरपालिकाले रामग्राम स्तूप आसपासका क्षेत्रमा जग्गा उपलब्ध गराउने छ । नगरपालिकाले पर्यटन गुरुयोजना तयार गर्ने काम शुरु गरिसकेको छ’- उहाँले भन्नुभयो । चीनको सरकारी स्वामित्वमा रहेको चीन–नेपाल सांस्कृतिक केन्द्र र रामग्राम नगपालिकाबीच दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षरसँगै काम शुरु गरिएको गुप्ताले बताउनुभयो ।
चीनको बेइजिङस्थित बाउची शहरको समन्वयमा तथा रामग्राम नगरपालिकाको सहकार्यमा रामग्राम स्तूपको सेरोफेरोमा पर्यटकीयस्थल निर्माणका लागि सहमति भएको हो । रामग्राम स्तूपको मुख्यबाहेक अन्य क्षेत्रमा पर्यटन प्रवर्धनका लागि विभिन्न संरचना निर्माण अघि बढाइएको नगरपालिकाकी उपप्रमुख रम्भा कुंवरले बताउनुभयो । सो क्षेत्रमा पर्यटकीय संरचना तयार भएपछि आगामी सम्झौताअनुसार सो पर्यटकीय क्षेत्रको आम्दानीलाई रामग्राम नगरपालिका र चीन– नेपाल सांस्कृतिक केन्द्रको संस्थागत पर्यटकीय क्षेत्रको विकासमा लगानी गरिनेछ ।
स्तूपको मुख्यवाहेक अन्य आसपासका क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न पार्क, भ्यू टावर, वाटर फाउण्डेसन तथा मल्टिप्रयोगका संरचना निर्माण गर्ने योजना रहेको नगरपालिकाका इञ्जिनियर शतिसकुमार गुप्ताले जानकारी दिनुभयो । भ्रमणका क्रममा एक साताअघि चीन पुगेको रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्ता नेतृत्वको टोलीसँग बाउची शहरका प्रमुख मिस्टर माँ र अन्तर्राष्ट्रिय विभाग प्रमुख वाङ कोनले पर्यटकीयस्थल निर्माणका विषयमा सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
‘चिनियाँ सरकारले नेपालमा पर्यटकीय क्षेत्रमा यस्तो ठूलो लगानी गर्नु सकारात्मक कुरा हो’- यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले बताउनुभयो । चीन सरकारले नेपालको पर्यटन प्रवर्धनमा आगामी दिनमा थप लगानी गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?