विराटनगर- एमाले पोलिटब्यूरो सदस्य शेरधन राई प्रदेश नं. १ को मुख्यमन्त्री बन्ने पक्का भएको छ । शुक्रबार एमाले प्रदेश नं १ को संसदीय दलको नेताका लागि भएको निर्वाचनमा राई विजयी भएसँगै उनी मुख्यमन्त्री हुने बाटो खुलेको हो ।
यसअघि मन्त्री समेत भइसकेका राई भोजपुरबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् ।
विटारनगरमा रहेको जिल्ला समन्वय समितिस्थित संसदीय कार्यालयमा भएको निर्वाचनमा राईले २६ र उनका निकटतम प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत प्राप्त गरेका थिए ।
एक मत बदर भएको छ । प्रदेश नं १ मा एमालेका ५१ प्रदेशसभा सदस्य छन् ।
सोही अवसरमा प्रदेश नं १ मा संसदीय दलको निर्वाचनका लागि गठित तीन सदस्यीय निर्वाचन टोलीले निर्वाचित राईलाई प्रमाणपत्र प्रदान गरयो ।
विजयी भएपछि नेता राईले संसदीय दलको बैठक बसेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए । संसदीय दलको नेतामा निर्वाचनमा पराजित आचार्यले अब आफू पार्टीको कार्यमा जुट्ने बताए ।
प्रदेश नं १ मा सभामुखको चयन यही माघ २९ गते हुँदैछ ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार