काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन आगामी आइतबार पेश गर्ने भएको छ ।
आयोगका सचिव वेगेन्द्रराज शर्माले निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्यमा राजनीतिक दलले प्राप्त गरेको सिट संख्याबारे शुक्रबार औपचारिक जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।
उनका अनुसार, राष्ट्रियसभा सदस्यमा २१ महिला र ३५ जना पुरुष निर्वाचित भएका छन् । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते भएको थियो ।
उक्त निर्वाचनमा नौ राजनीतिक दलले भाग लिएकामा नेकपा एमालेका ११, नेपाली कांग्रेसका ६, माओवादी केन्द्रको तीनजना महिला र अर्को एक दलका एकजना निर्वाचित भएका छन् ।
राष्ट्रियसभा सदस्यमा नेकपा एमाले २७, नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुईजना उम्मेदवार निर्वाचित भएका छन् ।
मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ । ५९ सदस्यीय राष्ट्रियसभामा तीन जनालाई भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार