भैरहवा, माघ २७ – सरकारले प्रदेश नं ५ को अस्थायी राजधानी बुटबल तोकेपछि अहिले यहाँको भौतिक पूर्वाधार व्यवस्थापन तीब्र रुपमा अगाडि बढाइएको छ ।
यस प्रदेशमा मुख्यमन्त्रीको कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय बस्ने भवन र निवासका लागि भवन छान्ने काम अन्तिमचरणमा पुगेको रुपन्देही जिल्ला प्रशासन कार्यालयले जानाएको छ ।
सरकारले अस्थायी राजधानी भनेकाले नयाँ संरचनाको निर्माण भन्दा पनि पुराना संघ संस्थाका र सरकारी भवनलाई रंगरोगन एवं मर्मत गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो ।
मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयका लागि बुटबलमा रहेको श्रम कार्यालयको छतले भवनलाई उपयोगमा ल्याइने भएको छ ।
सात मन्त्रालयमध्ये आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय गरी चार मन्त्रालयसमेत श्रम कार्यालयको भवनमा रहने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव शंकर पाठकले जानकारी दिनुभयो ।
यसैगरी सीप विकास तालीम केन्द्रको भवन रामनगरमा सामाजिक विकास मन्त्रालय र यातायात व्यवस्था कार्यालयको भवनमा भौतिक पूर्वाधार मन्त्रालय राख्ने, कृषि तथा सहकारी मन्त्रालय र भूमिगत जलस्रोत कार्यालय हाटबजारमा राख्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेशसभाको सचिवालय, सभामुख, उपसभामुख र प्रमुख सचिवको कार्यालय स्थापना गरिएको छ । यहाँको सभागृहलाई प्रदेशसभाका लागि प्रयोग गरिने भएको छ ।
रुपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ भने निवासका लागि सडक डिभिजन कार्यालयको अथिति गृहलाई प्रयोगमा ल्याइएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
बुटवलस्थित राजश्व अनुसन्धानको भवनमा मुख्यमन्त्रीको निवास राखिने भएको छ । सभामुख र छजना मन्त्रीका लागि भैरहवामा रहेको भैलभुजको कार्यालयलाई निवासकोरुपमा व्यवस्थापन गरिएको प्रदेश प्रमुखको सचिवालयले बताएको छ ।
प्रदेशसभाको मर्यादापालकका लागि नेपाल प्रहरी बाट १५ जनाको टोली खटाइएको छ । प्रदेश संसद् अधिवेशनको बाहिरी सुरक्षामा समेत नेपाल प्रहरीबाट आवश्यक संख्यामा सुरक्षाकर्मी खटाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।
प्रदेश नं ५ को बुटबललाई सरकारले राजधानी घोषणा गरेपछि यहाँका संघ संस्था र राजनीतिक दलका नेता कार्यकर्ता र उद्योगी व्यापारीले समेत प्रदेश सरकारलाई सबै किसिमको सहयोग गर्न तयार भएको जनाएकाले यहाँ भौतिक पूर्वाधार तथा अन्य सुविधा सहज र सरल बनाइएको हो ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी