दाङ । दाङ जिल्लामा कार्यरत एउटा गैरसरकारी संस्था हेल्थ फाउण्डेशन नेपालले गत डिसेम्बर महिनामा २२ जना महिला स्वास्थ्य स्वयम्सेविका तथा फाउण्डेशनका कर्मचारीहरुलाई तीन दिने मनोसामाजिक परामर्श तालिम प्रदान गरेको छ।
यस अघि फाउण्डेशनले नोभेम्बर महिनामा तीनजना चिकित्सक तथा एकजना नर्सलाई एक दिने साइकियाट्रीक तालिम प्रदान गरेको थियो।
हाल संयुक्त राज्य अमेरिकामा कार्यरत फाउण्डेशनका अध्यक्ष डा. श्रीधर पौडेलले जनवरी महिनाको पहिलो सातामा फाउण्डेशनसंग आबद्ध दुईजना चिकित्सकहरुलाई इन्टरनेटको माध्यमबाट मानसिक स्वास्थ्य संबन्धी समस्या भएका बिरामीहरुलाई कसरी पहिचान गर्ने, कसरी उपचार गर्ने र कसरी अन्य स्वास्थ्य केन्द्रमा रिफर गर्ने भन्ने बारे तालीम दिनुभएको थियो ।
दाङको सौडियार १ मा रहेको हेल्थ फाउण्डेशन नेपालको क्लिनिकबाट साविक सौडियार तथा लक्ष्मीपुर गाविसमा विशाद, चिन्ता तथा रक्सीका दुर्व्यसनीहरुको पहिचान गर्ने तथा परामर्श तथा उपचार सेवा प्रदान भैरहेको सो संस्थाले जनाएको छ ।
यसैगरी फाउण्डेशनले ‘मुभमेन्ट फर इन्स्पिरेशन नेपाल’ नामक संस्थासंगको सहकार्यमा दाङको कुइरेपानीमा गम्भीर मानसिक बिरामीहरुकालागि एउटा मानसिक पुनर्स्थापना केन्द्र स्थापना गर्न लागेको छ । सो परियोजनाकालागि अमेरिका नेपाल मेडिकल फाउण्डेशनले झण्डै तीस लाख रुपियाँ सहयोग प्रदान गरेको छ भने सहयोग संकलन कार्य जारी छ ।
‘दश वर्ष लामो सशस्त्र द्वन्द्वबाट अत्यन्तै प्रभावित राप्ती अन्चलमा मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरु अझै निकै छन् । तिनलाई संबोधन गरेर बिरामीहरुको उपचार तथा पुनर्स्थापनामा सघाउने उद्देश्यले हामीले दाङमा मानसिक पुनर्स्थापना केन्द्र स्थापना गर्न लागेका हौं’- फाउण्डेशनका अध्यक्ष डा. श्रीधर पौडेलले भन्नुभयो ।
उहाँले नेपाल सरकारको स्वास्थ्य प्रणालीको सहयोगीको रुपमा काम गर्ने उद्देश्य लिएको फाउण्डेशनका गतिविधिहरुमा सघाउन सबैलाई अपील पनि गर्नुभयो ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा