दाङ । दाङ जिल्लामा कार्यरत एउटा गैरसरकारी संस्था हेल्थ फाउण्डेशन नेपालले गत डिसेम्बर महिनामा २२ जना महिला स्वास्थ्य स्वयम्सेविका तथा फाउण्डेशनका कर्मचारीहरुलाई तीन दिने मनोसामाजिक परामर्श तालिम प्रदान गरेको छ।
यस अघि फाउण्डेशनले नोभेम्बर महिनामा तीनजना चिकित्सक तथा एकजना नर्सलाई एक दिने साइकियाट्रीक तालिम प्रदान गरेको थियो।
हाल संयुक्त राज्य अमेरिकामा कार्यरत फाउण्डेशनका अध्यक्ष डा. श्रीधर पौडेलले जनवरी महिनाको पहिलो सातामा फाउण्डेशनसंग आबद्ध दुईजना चिकित्सकहरुलाई इन्टरनेटको माध्यमबाट मानसिक स्वास्थ्य संबन्धी समस्या भएका बिरामीहरुलाई कसरी पहिचान गर्ने, कसरी उपचार गर्ने र कसरी अन्य स्वास्थ्य केन्द्रमा रिफर गर्ने भन्ने बारे तालीम दिनुभएको थियो ।
दाङको सौडियार १ मा रहेको हेल्थ फाउण्डेशन नेपालको क्लिनिकबाट साविक सौडियार तथा लक्ष्मीपुर गाविसमा विशाद, चिन्ता तथा रक्सीका दुर्व्यसनीहरुको पहिचान गर्ने तथा परामर्श तथा उपचार सेवा प्रदान भैरहेको सो संस्थाले जनाएको छ ।
यसैगरी फाउण्डेशनले ‘मुभमेन्ट फर इन्स्पिरेशन नेपाल’ नामक संस्थासंगको सहकार्यमा दाङको कुइरेपानीमा गम्भीर मानसिक बिरामीहरुकालागि एउटा मानसिक पुनर्स्थापना केन्द्र स्थापना गर्न लागेको छ । सो परियोजनाकालागि अमेरिका नेपाल मेडिकल फाउण्डेशनले झण्डै तीस लाख रुपियाँ सहयोग प्रदान गरेको छ भने सहयोग संकलन कार्य जारी छ ।
‘दश वर्ष लामो सशस्त्र द्वन्द्वबाट अत्यन्तै प्रभावित राप्ती अन्चलमा मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरु अझै निकै छन् । तिनलाई संबोधन गरेर बिरामीहरुको उपचार तथा पुनर्स्थापनामा सघाउने उद्देश्यले हामीले दाङमा मानसिक पुनर्स्थापना केन्द्र स्थापना गर्न लागेका हौं’- फाउण्डेशनका अध्यक्ष डा. श्रीधर पौडेलले भन्नुभयो ।
उहाँले नेपाल सरकारको स्वास्थ्य प्रणालीको सहयोगीको रुपमा काम गर्ने उद्देश्य लिएको फाउण्डेशनका गतिविधिहरुमा सघाउन सबैलाई अपील पनि गर्नुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार