काठमाडौँ- सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको विदेशबाट ल्याएको अर्बौ रकम फुकुवा गर्न अन्तरिम आदेश दिएको छ । मंगलबारको सर्वोच्चको आदेशसँगै नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब दुई अर्ब २५ करोड लिनका लागि बाटो खुलेको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बैंकले रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो खुलेको हो ।
आदेशमा भनिएको छ, ‘बैंकले रकम रोक्नुको कानुनी कारण पारदर्शी रुपमा देखिन आएन, रोकी राख्नुपर्ने देखिएन, पैसा विदेश लैजान नपाउने गरी सम्पत्ति शुद्धीकरणलगायतका मुद्दामा असर नपर्ने गरी निवेदकले चाहेको समयमा पैसा निकाल्न दिन अन्तरिम आदेश जारी गरिएको छ ।’
अदालतले आगामी फागुन २ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत गरेको छ । बैंकले पैसा रोक्का गर्दा उद्योगलाई क्षति पुगेकाले फुकुवाको माग गर्दै नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले आइतवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार