
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा निर्मित नमूना दलित बस्तीको अवलोकन गर्नुहुँदै । कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । तस्वीर – कालिका खड्का, रासस
रौतहट, २३ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको सन्तपुर एकीकृत नमूना दलित बस्तीको साँचो नमूना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई आज हस्तान्तरण गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा निर्मित नमूना दलित बस्ती हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले कलाकारद्वय धुर्मुस–सुन्तलीले समुदायको विकासका लागि अतुलनीय काम गरेको बताउनुभयो । राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘देशलाई समृद्ध बनाउने काम सरकारको भए पनि धुर्मुस–सुन्तलीले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ, यो एकदमै अतुलनीय छ ।’
प्रदेश नं २ मा विकासका धेरै आधार भएकाले सरकारले स्रोत र साधनलाई उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । फाउण्डेशनले बस्ती निर्माण गरेर समतामूलक समाज निर्माणका लागि कल्याणकारी कामको अनुपम उदाहरण दिएको उहाँले बताउनुभयो । कलाकारको प्रयासबाट यस्तो नमुना बस्ती बनेकामा आफू गौरवान्वित भएको बताउँदै राष्ट्रपतिले सामुदायिक हितका लागि यस्ता काम सरकारले गर्नुपर्छ भन्नुभयो ।
लोककल्याणकारी राज्यले जनताका आधारभूत आवश्यकता पूरा गर्न ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले सभ्य र न्यायपूर्ण समाजका लागि जनसमुदायमा यस्ता खालका कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सरकारले विद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालयमा ल्याउने प्रयास गर्नुपर्ने बताउँदै रौतहटलाई कृषिको भण्डारका रुपमा समेत विकास गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मंगलबार साँचो हस्तान्तरण गर्नुभएको कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर । तस्वीर – उत्तमकुमार उपाध्याय, रौतहट, रासस
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले समृद्ध नेपाल विकासका लागि धुर्मुस–सुन्तलीको काम ठूलो उदाहरण भएको बताउनुभयो । हास्य कलाकार महजोडीले पनि नमूना बस्तीको खुलेर प्रशंसा गर्नुभयो । फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले सो बस्ती निर्माण सबै सहयोगी हातबाट भएको बताउनुभयो ।
कलाकार कट्टेल र कुञ्जना घिमिरेद्वयको पहलमा सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न ४७ घर निर्माण भएको छ । गत असोज ४ गते शिलान्यास भएको सो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब, दृश्यावलोकनस्तम्भ निर्माण भएका छन् ।
गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारका घर डुबानमा परेको थियो । करिब रु पाँच करोड ९५ लाखको लागतमा निर्मित सो बस्ती निर्माणमा कलाकार कट्टेल दिनरात आफैँ खट्नुभएको थियो । सो बस्ती विकलांगमैत्री, बालमैत्री, वातावरणमैत्री भएको कट्टेलले बताउनुभयो ।
धुर्मुस–सुन्तली फाउण्डेशनको सो चौथो परियोजना हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार