
महेन्द्रनगर, धनुषा, २० – प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा (एमाले)को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ ।
एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ ।
प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मञ्जु यादवले बताउनुभयो ।
सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो । मण्डलले आफू बरिष्ठ नेता र प्रदेश संयोजक समेत भएकाले सर्वसम्मत हुनुपर्ने प्रस्ताव राख्नुभएको छ भने महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश नं २ का तीनै तहका निर्वाचनमा पार्टीले क्षति भोग्नुपरेको भन्दै उहाँलाई स्वीकार नगर्ने प्रष्ट पारेको छ ।
यता प्रदेश नं २ को प्रदेशसभामा चौथो शक्तिका रुपमा नेपाली काँग्रेसको संसदीय दलको नेताको पनि टुङ्गो लागेको छैन ।
त्यस्तै माओवादीबाट महोत्तरीका भरत साह, धनुषाका रामचन्द्र मण्डल र सिरहाका रामकुमार यादव प्रतिस्पर्धी छन् । माओवादी प्रदेश नं २ मा पाँचौं शक्तिका रुपमा छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’