
महेन्द्रनगर, धनुषा, २० – प्रदेश नं २ को प्रदेशसभामा मधेशी गठबन्धनपछि दोस्रो ठूलो दलका रुपमा उपस्थित भएको नेकपा (एमाले)को संसदीय दलको नेता छान्नका लागि निर्वाचन प्रक्रिया अपनाउने भएको छ ।
एक सय सात सदस्यीय प्रदेशसभामा एमाले २१ सिटसहित तेस्रो ठूलो दलका रुपमा रहेको छ । २९ सिट भएको पहिलो दल संघीय समाजवादी फोरम र २५ सिटसहित दोस्रो दल बनेको राजपाको गठबन्धनले सरकार बनाउने भएपछि एमालेले प्रमुख विपक्षी दलको हैसियत पाउने स्थिति रहेको छ ।
प्रमुख विपक्षी दलको नेता बन्न एमालेमा दुई नेता प्रतिस्पर्धामा छन् । स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संयोजक सत्यनारायण मण्डल र पोलिटब्यूरो सदस्य शत्रुधन महतोबीच चुनाव हुने देखिएको प्रदेशसभा सदस्य मञ्जु यादवले बताउनुभयो ।
सहमतिको प्रयास असफल भएपछि चुनाव हुन लागेको हो । मण्डलले आफू बरिष्ठ नेता र प्रदेश संयोजक समेत भएकाले सर्वसम्मत हुनुपर्ने प्रस्ताव राख्नुभएको छ भने महतो पक्षले मण्डलकै गलत शैलीका कारण प्रदेश नं २ का तीनै तहका निर्वाचनमा पार्टीले क्षति भोग्नुपरेको भन्दै उहाँलाई स्वीकार नगर्ने प्रष्ट पारेको छ ।
यता प्रदेश नं २ को प्रदेशसभामा चौथो शक्तिका रुपमा नेपाली काँग्रेसको संसदीय दलको नेताको पनि टुङ्गो लागेको छैन ।
त्यस्तै माओवादीबाट महोत्तरीका भरत साह, धनुषाका रामचन्द्र मण्डल र सिरहाका रामकुमार यादव प्रतिस्पर्धी छन् । माओवादी प्रदेश नं २ मा पाँचौं शक्तिका रुपमा छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा