बिहीबार, असोज ७ २०७८ | Thu, September 23, 2021
नेपालको समय: २१:२७ | UK Time: 16:42

राजधानीबाट समातिए १७ नक्कली डाक्टर

वीनेपाली
२०७४ माघ १५ गते १६:२३

काठमाडौँ- नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई आज पक्राउ गरेको छ ।

पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चको सहयोगमा अपराह्न विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको थियो ।

उनीहरूको नाम भने अनुसन्धान जारी रहेका कारण प्रहरीले सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक