काठमाडौं- सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखदेखि स्थानीय तहका सबै पदाधिकारीको मर्यादाक्रम तोकेको हो ।
उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले भने, ‘आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ ।’ उनका अनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको मर्यादा तोकिएको छ ।
त्यसैगरी, सरकारले नेशनल ट्रेडिङलाई खारेज गरी उसको चलअचल सबै सम्पत्ति राज्यको मातहतमा ल्याउने निर्णय गरेको छ ।
बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह (सनी), देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर गुरुङ र रुद्रबहादुर गुरुङलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा