काठमाडौँ- बाम गठबन्धनले प्रदेश मुख्यमन्त्रीको भागवण्डा टुंग्याएको छ । आइतबार पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको बैठकले एमालेले ४ र माओवादी केन्द्रले २ मुख्यमन्त्री लिने सहमति जुटाएको हो ।
एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले एमालेलाई प्रदेश नं १, ३, ४ र ५ तथा माओवादी केन्द्रलाई प्रदेश नं ६ र ७ मा साझा उम्मेदवारी दिने सहमति भएको छ । प्रदेश नं २ को हकमा भने कुनै उल्लेख गरिएको छैन ।
एमाले र माओवादी केन्द्रबीच प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा समेत सहमति जुटेको छ ।
कार्यदलका सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले प्रदेशको सभामुखमा एमालेलाई प्रदेश नं १, ३, ६ र ७ तथा माओवादी केन्द्रलाई प्रदेश नं ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति भएको बताए । त्यस्तै प्रदेश नं ४ र ५ एमालेलाई र माओवादी केन्द्रले प्रदेश नं १, ३, ६ र ७ मा उपसभामुख लिने सहमति गरेको अर्का सदस्य सुरेन्द्र पाण्डेले बताए ।
बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश समेत गरेको छ । प्रदेश निर्वाचनको नतिजा, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक व्यक्तित्वलगायतका विषयमा सन्तुलन कायम गर्न विभिन्न कोणबाट भएको छलफलपछि सो सहमतिमा पुगिएको नेम्वाङले बताए ।
मुख्य मन्त्रीबाहेकका प्रदेशको मन्त्रिपरिषद्का सदस्यको पद बाँडफाँड गर्दा एमालेलाई ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० प्रतिशत कायम गर्न उपयुक्त हुने कार्यदलले सुझाव दिएको छ । मन्त्रीहरुको कार्यविभाजन सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेशसभा संसदीय दलका नेताबीचको सहमतिमा गर्न कार्यदलले सहमति दिएको छ ।
मन्त्रिपरिषद्को संख्या संविधानको भावना, सांसद संख्याको निश्चित प्रतिशत र प्रदेशसभामा सांसद संख्याको अनुपातका आधारमा ७ देखि ११ सदस्य बनाउन उपयुक्त हुने कार्यदलले निष्कर्ष निकालेको छ ।
कार्यदलमा नेकपा एमालेको तर्फबाट नेता नेम्वाङ, नेता पाण्डे र सचिव शंकर पोख्रेल तथा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची