काठमाडौँ- बाम गठबन्धनले प्रदेश मुख्यमन्त्रीको भागवण्डा टुंग्याएको छ । आइतबार पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको बैठकले एमालेले ४ र माओवादी केन्द्रले २ मुख्यमन्त्री लिने सहमति जुटाएको हो ।
एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले एमालेलाई प्रदेश नं १, ३, ४ र ५ तथा माओवादी केन्द्रलाई प्रदेश नं ६ र ७ मा साझा उम्मेदवारी दिने सहमति भएको छ । प्रदेश नं २ को हकमा भने कुनै उल्लेख गरिएको छैन ।
एमाले र माओवादी केन्द्रबीच प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा समेत सहमति जुटेको छ ।
कार्यदलका सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्बाङले प्रदेशको सभामुखमा एमालेलाई प्रदेश नं १, ३, ६ र ७ तथा माओवादी केन्द्रलाई प्रदेश नं ४ र ५ मा साझा उम्मेदवारी दिने सहमति भएको बताए । त्यस्तै प्रदेश नं ४ र ५ एमालेलाई र माओवादी केन्द्रले प्रदेश नं १, ३, ६ र ७ मा उपसभामुख लिने सहमति गरेको अर्का सदस्य सुरेन्द्र पाण्डेले बताए ।
बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश समेत गरेको छ । प्रदेश निर्वाचनको नतिजा, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक व्यक्तित्वलगायतका विषयमा सन्तुलन कायम गर्न विभिन्न कोणबाट भएको छलफलपछि सो सहमतिमा पुगिएको नेम्वाङले बताए ।
मुख्य मन्त्रीबाहेकका प्रदेशको मन्त्रिपरिषद्का सदस्यको पद बाँडफाँड गर्दा एमालेलाई ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० प्रतिशत कायम गर्न उपयुक्त हुने कार्यदलले सुझाव दिएको छ । मन्त्रीहरुको कार्यविभाजन सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेशसभा संसदीय दलका नेताबीचको सहमतिमा गर्न कार्यदलले सहमति दिएको छ ।
मन्त्रिपरिषद्को संख्या संविधानको भावना, सांसद संख्याको निश्चित प्रतिशत र प्रदेशसभामा सांसद संख्याको अनुपातका आधारमा ७ देखि ११ सदस्य बनाउन उपयुक्त हुने कार्यदलले निष्कर्ष निकालेको छ ।
कार्यदलमा नेकपा एमालेको तर्फबाट नेता नेम्वाङ, नेता पाण्डे र सचिव शंकर पोख्रेल तथा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव छन् ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा