चितवन- डिल्लीबजार कारागारबाट फरार भएका अभियुक्त टीका थापामगर ‘टीके’ लाई शनिबार साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ ।
निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार, माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप दोरम्बाका २९ वर्षीय टीका थापामगर ‘टिके’ लाई पक्राउ गरिएको हो ।
ना४७प ५०५२ नं को पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले छ राउण्ड जवाफी फायरिङ गरेको थियो ।
थापाका अनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भागेका छन् भने चलाउने थापामगर पक्राउ परेका हुन् । थापामगरको हात र तिघ्रामा गोली लागेको उनले बताए । उनको चितवन मेडिकल कलेज भरतपुरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ ।
फरार अभियुक्त आउँदै गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीसँग साँझ ५.१० बजे मुठभेड भएको थापाले बताए । उनको साथबाट एक थान कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको छ । निज लुटपाट र चोरी डकैतीका दर्जनौं मुद्दामा कारागार परेका थिए ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा