काठमाडौं- ५९ राष्ट्रियसभाका सदस्यमध्ये ५६ जनाका लागि २४ माघमा निर्वाचन हुँदैंछ । बुधबार त्यसका लागि उम्मेदवारी दर्ताको कार्यक्रम सात वटै प्रदेशमा सम्पन्न भएको छ ।
५६ मध्ये १७ जना निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता भएकाहरुमध्येबाट १७ जना निर्विरोध निर्वाचत भए पनि तिनीहरुको औपचारिक घोषणा भने निर्वाचन आयोगले दाबी विरोध सकिएपछि गर्ने सम्भावना छ ।
प्रदेश नं. १, २, ५ र ७ बाट केही सांसदहरु निर्विरोध भएका हुन् । अन्य ३, ४, ६ नं. प्रदेशका भने ८ वटै सिटमा निर्वाचन हुनेछ ।
१ नं. प्रदेशबाट तीन वटा महिला सांसद निर्विरोध भएका छन् । उनीहरु विरुद्ध उम्मेदवारी नै परेको छैन् । निर्विरोध हुनेमा एमालेकी नैनकला ओझा, कांग्रेसकी सरिता प्रसाई र माओवादीकी विना पोखरेल रहेका छन् ।
यस्तै, प्रदेश नं. २ बाट पाँच जना निर्विरोध निर्वाचित भएका छन् । जसमा तीन जना महिला, एक जना दलित र अल्पसंख्य कोटामा पनि निर्विरोध भएका छन् । महिलाबाट फोरमकी प्रमिला यादव, माओवादीकी शशीकला दाहाल र कांग्रेसकी मुक्ताकुमारी यादव निर्विरोध भएका हुन् दलितबाट फोरमका रामप्रीत पासवान निर्विरोध भए भने अल्पसंख्यकबाट राजपाका वृषेशचन्द लाल निर्विरोध भए ।
यस्तै, प्रदेश नं ५ बाट तीन जना महिला सांसद निर्विरोध भएका छन् । एमालेबाट कोमल वली, मीना बुढा र कांग्रेसबाट अनिता देवकोटा निर्विरोध हुने भाग्यमानी भएका छन् ।
७ नं. प्रदेशबाट भने तीन खुल्ला र ३ जना महिला सांसद निर्विरोध भए । खुल्लातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भए भने महिलातर्फ एमालेकी कमला ओली, इन्दु कडेरिया विष्ट र कांग्रेसकी तारादेवी भट्ट निर्विरोध भएका छन् ।
निर्विरोध हुनेहरुको औपचारिक घोषणा केही दिनपछि मात्रै हुने निर्वाचन आयोगले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा