काठमाडौं- ५९ राष्ट्रियसभाका सदस्यमध्ये ५६ जनाका लागि २४ माघमा निर्वाचन हुँदैंछ । बुधबार त्यसका लागि उम्मेदवारी दर्ताको कार्यक्रम सात वटै प्रदेशमा सम्पन्न भएको छ ।
५६ मध्ये १७ जना निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ता भएकाहरुमध्येबाट १७ जना निर्विरोध निर्वाचत भए पनि तिनीहरुको औपचारिक घोषणा भने निर्वाचन आयोगले दाबी विरोध सकिएपछि गर्ने सम्भावना छ ।
प्रदेश नं. १, २, ५ र ७ बाट केही सांसदहरु निर्विरोध भएका हुन् । अन्य ३, ४, ६ नं. प्रदेशका भने ८ वटै सिटमा निर्वाचन हुनेछ ।
१ नं. प्रदेशबाट तीन वटा महिला सांसद निर्विरोध भएका छन् । उनीहरु विरुद्ध उम्मेदवारी नै परेको छैन् । निर्विरोध हुनेमा एमालेकी नैनकला ओझा, कांग्रेसकी सरिता प्रसाई र माओवादीकी विना पोखरेल रहेका छन् ।
यस्तै, प्रदेश नं. २ बाट पाँच जना निर्विरोध निर्वाचित भएका छन् । जसमा तीन जना महिला, एक जना दलित र अल्पसंख्य कोटामा पनि निर्विरोध भएका छन् । महिलाबाट फोरमकी प्रमिला यादव, माओवादीकी शशीकला दाहाल र कांग्रेसकी मुक्ताकुमारी यादव निर्विरोध भएका हुन् दलितबाट फोरमका रामप्रीत पासवान निर्विरोध भए भने अल्पसंख्यकबाट राजपाका वृषेशचन्द लाल निर्विरोध भए ।
यस्तै, प्रदेश नं ५ बाट तीन जना महिला सांसद निर्विरोध भएका छन् । एमालेबाट कोमल वली, मीना बुढा र कांग्रेसबाट अनिता देवकोटा निर्विरोध हुने भाग्यमानी भएका छन् ।
७ नं. प्रदेशबाट भने तीन खुल्ला र ३ जना महिला सांसद निर्विरोध भए । खुल्लातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भए भने महिलातर्फ एमालेकी कमला ओली, इन्दु कडेरिया विष्ट र कांग्रेसकी तारादेवी भट्ट निर्विरोध भएका छन् ।
निर्विरोध हुनेहरुको औपचारिक घोषणा केही दिनपछि मात्रै हुने निर्वाचन आयोगले जनाएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा