काठमाडौँ, ९ माघ – संघीय संसद सचिवालयले सातवटै प्रदेशसभाको कार्य सम्पादनमा एकरुपता ल्याउन प्रदेशसभा सचिवालयमा काजमा खटी जाने संसदका कर्मचारीलाई दुई दिने प्रशिक्षण दिने भएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार प्रदेशसभाको प्रारम्भिक दिनको कार्यसञ्चालनमा सहयोग पुरयाउन सहसचिवको नेतृत्वमा खटिएका कर्मचारीलाई प्रदेशसभाको समग्र कार्य सञ्चालनका बारेमा प्रशिक्षण दिइनेछ । प्रशिक्षण यही माघ १० र २१ गते सञ्चालन हुनेछ ।
संघीय संसद् सचिवालयले प्रदेश नं १ मा ध्रुव घिमिरे, प्रदेश नं २ मा वंशी पौडेल, प्रदेश नं ३ मा डा रोजनाथ पाण्डे, प्रदेश नं ४ मा जीवराज बुढाथोकी, प्रदेश नं ५ मा सुरेन्द्र अर्याल, प्रदेश नं ६ मा कृष्णहरि खड्का र प्रदेश नं ७ मा मुरारी महतको नेतृत्वमा अन्तरिम व्यवस्थापनका लागि कर्मचारी खटाएको छ ।
सचिवालयले प्रदेशमा खटिएका कर्मचारीलाई सभा सञ्चालनको विधि र प्रक्रियादेखि कार्यपरामर्श समितिको बैठक र त्यसले तयार गर्ने कार्यसूची तथा सभामुख, उपसभामुख, सत्तापक्ष र प्रतिपक्ष बस्ने कुर्सीतय गर्नेसम्मका विषयमा विस्तृतरुपमा प्रशिक्षण दिने छ ।
प्रदेश नं २ मा यही माघ २१ गते प्रदेशसभाको बैठक बोलाउने घोषणा भएकाले सरकारले यही माघ १४ गतेभित्रै प्रत्येक प्रदेशसभा सञ्चालनका लागि २७ कर्मचारी प्रदेशमा पठाउने जानकारी दिएको छ ।
संसद् सचिवालयले पनि प्रत्येक प्रदेशसभा सचिवालयमा चार जना कर्मचारीलाई एक महिना काजमा पठाउन लागेको हो । संसदबाट जाने कर्मचारीले त्यहाँ खटिने निजामती सेवाका कर्मचारीलाई प्रदेशसभा सञ्चालन विधि र प्रक्रियाबारे तालिम वा प्रशिक्षण दिने छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा