काठमाडौँ, ९ माघ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताउनुभएको छ ।
राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको इतिहासमा एकै वर्ष स्थानीय निकाय तथा प्रतिनिधिसभा-प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेका छन्, ठूला नदी पार गरिसकियो, अब खोल्साखाल्सी तर्न बाँकी छ, यसलाई पनि सहजतापूर्वक पार गर्नुपर्छ । म राजनीतिक दलहरुसित राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन आह्वान गर्छु ।’
राष्ट्रियसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने आयोगको कार्यमा सहयोग पुरयाउन आग्रह गर्दै उहाँले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलसँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा आयोगले दलका प्रतिनिधिलाई मतपत्रको ढाँचा, मतदानको तरिका, मतदान प्रक्रिया, मतगणनालगायत विषयमा प्रशिक्षण दिनेछ । प्रशिक्षणमा नेकपा (एमाले), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेसलगायतको सहभागिता थियो ।
राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि यही माघ १२ गतेदेखि निर्वाचन आचारसंहितासमेत लागू हुने आयोगले जनाएको छ । निर्वाचनमा दुई हजार ५६ मतदाता छन् । निर्वाचनका लागि सबैभन्दा बढी मतदाता प्रदेश नं २ र सबैभन्दा कम प्रदेश नं ६ मा छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकानुसार यही माघ ७ गते सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ ।
सोअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाताछन् । आयोगको निर्वाचन तालिकानुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
आयोगले प्रदेश नं १ को मोरङ, विराटनगर, प्रदेश नं २ को धनुषा, जनकपुरधाम, प्रदेश नं ३ को ललितपुर, पाटन, प्रदेश नं ४ को कास्की, पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ ।
निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ र सात प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी दुई हजार ५६ मतदाताले मताधिकार प्रयोग गर्ने बताइएको छ ।
स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष तथा प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहनेछन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ । राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत