काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजक समिति बैठक सम्पन्न भएको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले पार्टी एकताबारे ‘सरप्राइज’ निर्णय लिने अपेक्षा गरिएको थियो ।
तर, बैठकले सरप्राइज निर्णय लिन सकेन् । महत्वका साथ हेरिएको दुई ठूला बाम पार्टी एकीकरणको विषयमा कुनै टुंगो नलागेपनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफललाई टुंगोमा पुरयाएर सांगठनिक र वैचारिक कार्यदल बनाउने सहमति भएको छ ।
यस्तै, बैठकले राष्ट्रियसभामा निर्वाचनका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको रिपोर्टलाई अनुमोदन गरेको छ । राष्ट्रियसभामा ४३ सिटमा दुई पार्टीमध्ये एमालेले २९ र माओवादी केन्द्रले १४ सिट लिने सहमति कार्यदलले जुटाएको थियो ।
बैठकले अर्को महत्वपूर्ण निर्णयका रुपमा एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा नयाँ सरकारको विकास र सुशासनको प्राथमिकताबारे सुझाव दिन ७ सदस्सीय कार्यदल गठन गरेको छ । जसमा एमालेको तर्फबाट भीम रावल, विजय पौडेल, युवराज खतिवडा सदस्य छन् भने माओवादीको तर्फबाट वर्षमान पुन, गिरिराजमणि पोखरेल र मीनबहादुर श्रेष्ठ सदस्य रहेका छन् ।
समितिले बाम गठबन्धनले जारी गरेको घोषणापत्रका आधारमा विकास र सुशासनका प्राथमिकताहरु छनोट गर्ने बताइएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता