
काठमाडौँ, ६ माघ – यस साता धितोपत्र बजारमा रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको रु एक अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ ।
नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा पाँच दशमलव ३४ अंकले घटेर २९६ दशमलव ८६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १९ करोड आठ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका थिए ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक