
काठमाडौँ, ६ माघ – यस साता धितोपत्र बजारमा रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्चेन्जकाअनुसार कूल १७० कम्पनीको २४ लाख ६१ हजार छ कित्ता शेयर कारोबार भएको छ ।
कारोबार रकम गत साताको भन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो । गत साता १७४ कम्पनीको रु एक अर्ब ७१ करोड १२ लाख ८४ हजार बराबरका ४१ लाख पाँच हजार २१० कित्ता शेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलव ५२ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ ।
नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा पाँच दशमलव ३४ अंकले घटेर २९६ दशमलव ८६ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १९ करोड आठ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो ।
कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेका थिए ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा