
दाङ प्रदेश नं ५ को अस्थायी राजधानी नतोकिएको विरोधमा शनिबार तुलसीपुरमा महिलाले रित्तो थालसहित प्रर्दशन गर्दै । तस्वीर – नारायणी रजौरे, दाङ, रासस
दाङ, ६ माघ – यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् । दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् ।
उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँबाट बजारमा आएर सडक तताएका महिलाले हातहातमा थाली, डाडु, चम्चा र भाडा लिएर सडकमा आन्दोलित भएका छन् ।
उनीहरुले रयालीमा भाडा बजाउँदै विरोध जनाएका छन् । सरकारले प्रदेश नं ५ को अस्थायी मुकामा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुञ्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । महिलाले आन्दोलनलाई थप सशक्त गराउँदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताउनुभयो । ‘हरेक हिसाबले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ, यो निर्णय हामी महिला दिदी बहिनी र दाङवासीलाई कदापि मान्य छैन’- गिरीले भन्नुभयो ।
त्यसैगरी महिला नेत्री सावित्रा गुरुङले पनि अब महिला आन्दोलनलाई थप सशक्ति बनाउँदै लैजाने बतानुभयो । महिलाले आफूहरुले सडक संर्घषलाई निर्णय फिर्ता नलिँदासम्म जारी राख्ने बताएका छन् । त्यसैगरी तुलसीपुरमा महिलाले आन्दोलन थालेका छन् भने अन्य दल र संघ संस्थाले राजमार्ग केन्द्रित आन्दोलन गरेका छन् ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
तमु प्ये ल्हु सङ्घ युकेको नेतृत्वमा ५५ सदस्यीय टोली आइतबारदेखि क्व्होलोसोथारको भ्रमणमा
को हुन् बेलायतमा रहेकी अनिता राना मगर ?
सुरु भयो एनआरएनए र आईएलओको सहकार्यमा रणनीतिक क्षमता अभिवृद्धि कार्यशाला