काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परिक्षण गरेर थाइल्याण्डबाट फर्केकै भोलिपल्ट माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग तीन घण्टा लामो भेटवार्ता गरेका छन् । ओली थाइल्याण्डबाट फर्केको भोलिपल्ट दाहाल उनलाई भेट्न बालकोट पुगेका थिए ।
बालकोटमा दुई नेताहरुबीच आसन्न राष्ट्रियसभा निर्वाचन, सरकार गठन र पार्टी एकतालगायतका विषयमा कुराकानी भएको थियो ।
अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले दुई नेताबीच राष्ट्रिसभा निर्वाचनका विषयमा कार्यदलले दिएको प्रतिवेदनका विषयमा छलफल भएको जानकारी दिए । उनकाअनुसार दुवै नेताहरुले त्यसलाई सामान्य हेरफेर गरेर अन्तिम रुप दिने समेत सहमति भएको छ । यसैगरी नेताहरुबीच प्रदेश र केन्द्र सरकार गठनका विषयमा पनि छलफल भएको थियो ।
साथै, दुवै पार्टीका अध्यक्ष दूरगामी महत्वको विषयका रुपमा हेरिएको पार्टी एकताका विषयमा पनि कुराकानी गरेका छन् । त्यसका लागि शनिबार पुनः दुई नेताहरु छलफल गर्ने बताइएको छ ।
यस्तै, आइतबार भने पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा