लन्डन । पहिलोपटक उनलाई बेलायतले पत्याएन । अपिलपछि नायिका साम्राज्ञी राज्य लक्ष्मीले यूके भिजा पाइन् अंग्रेजी नयां वर्षको शुरुतिर । सायद यूके आउन ०१८ साल जुरेको रहेछ । यूके आएर साम्राज्ञीले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मका लागि केही छायांकन गरेर नेपाल फर्किसकेकी छन् । तर, निर्माण पक्षले साम्राज्ञी आए गएको मिडियामा खासै सार्वजनिक गर्न चाहेन, किनकि पहिलोपटक भिजा अस्वीकार हुंदा युनिटले छायांकनमा सास्ती खेप्नु परयो ।
बेलायत आएर साता दिन जस्तो साम्राज्ञीले छायांकनमा बिताइन् । उनको सेन्ट्रल लन्डनमा नव नायक धिरज मगरसंग केही ‘अन स्क्रिन रोमान्स’ गरेका तस्विर शुक्रबार फिल्म युनिटले सार्वजनिक गरेको छ ।
७५ प्रतिशत फिल्म छायांकन सकिइसकेको र यूके भाग आउंदो वसन्त ऋतु (अप्रिल) तिर फेरि गर्ने योजना बनाइएको निर्देशक रेनासा बान्तवा राईले बताइन् । सन् २०१८ को मध्यतिर फिल्म रिलिज गर्ने लक्ष्य छ ।
आइ कोर फिल्मसले प्रस्तुत गरेको ‘इन्टु मिन्टु लन्डनमा’ मा साम्राज्ञी, धिरज मगर, इसान, मिरा, सरुक ताम्राकार, आकाश लगायतको अभिनय रहनेछ भने फिल्म निर्मातामा प्रभु शम्शेर जबरा र प्रज्ववल शमशेर जबरा छन् । सह निर्माता सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल हुन् ।
रेनासाले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्मबाटै निर्देशनमा डेब्यू गरेकी हुन् । यो फिल्म आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको र धेरै आशावादी रहेको उनले बताएकी छन् ।
एक दशक अवधिमा कोरियोग्राफर भएर उनले मेरो एउटा साथी छ, प्रेम गीत, क्लासिक, मेरो लभ स्टोरी, भिसा गर्ल, सुन्तली, झोर्ले, बीर विक्रम, हाउ फन्नी जस्ता कयौं फिल्म र सय भन्दा बढि म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण