काठमाडौं—सरकारले ७ वटा प्रदेशका प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका अस्थायी राजधानी र प्रमुख तोकेको हो ।
कानुनमन्त्री यज्ञबहादुर थापाकाअनुसार प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगर, प्रदेश नं. २ को जनकपुर, प्रदेश नं. ३ को हेटौडा, प्रदेश नं. ४ को पोखरा, प्रदेश नं. ५ को रुपन्देही, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को मुकाम धनगढीलाई तोकिएको छ ।
यस्तै, बैठकले लामो कसरतपछि प्रदेश प्रमुखको पनि टुंगो लगाएको छ । प्रदेश प्रमुखमा कांग्रेस र मधेशवादी दलले भागबण्डा गरेका छन् । प्रदेश नं. १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नं. २ को प्रमुखमा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं. ३ को प्रमुखमा अनुराधा कोइराला, प्रदेश नं. ४ को प्रमुखमा बाबुराम कुँवर नियुक्त भएका छन् ।
यस्तै, प्रदेश नं. ५ को प्रमुखमा उमाकान्त झा, प्रदेश नं. ६ को प्रमुखमा दुर्गाकेशर खनाल र प्रदेश नं. ७ को प्रमुखमा मोहन मल्ल नियुक्त भएका छन् । प्रदेश नं. २ को प्रमुख नियुक्त भएका रत्नेश्वरलाल कायस्थ संघीय समाजवादीको कोटाबाट र ५ नं. प्रदेश प्रमुखमा नियुक्त उमाकान्त झा राजपाको कोटाबाट नियुक्त भएका हुन् ।
प्रमुख नियुक्त भएसँगै निर्वाचन आयोगलाई प्रदेशको परिणाम घोषणा गर्ने र राष्ट्रिय सभाको निर्वाचन तोकिएको मितिमा गर्ने बाटो फराकिलो बनेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’