संखुवासभा – संखुवासभा सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिकाको दोभानतर्फ जाँदै गरेको जिप आइतबार मध्याह्न दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने अन्यमा पाथीभरा हेदानाका स्थानीयबासी सुरेश राई र खाँदबारीका सुवासचन्द्र कुइँकेलको मात्र सनाखत भएको छ ।
मृत्यु हुनेमा समाजशास्त्री अर्जुन बस्नेत र इन्जिनियर सुदीप ढकालको नाम खुले पनि वतन खुलेको छैन । जिप चालकको भने सनाखत हुन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार, सदरमुकाम खाँदबारीबाट गएको बा ५ च १३०९ नम्बरको जीप भोटखोला गाउँपालिका–३ मा पर्ने सामाटार भन्ने स्थानमा दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने