काठमाडौँ, २८ पुस – नेकपा (माओवादी केन्द्र) औपचारिकरुपमा आजदेखि शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारबाट बाहिरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री देउवासँग भेट गरी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षरसहितको पत्र बुझाएर सरकार छाडेको जानकारी गराउनुभएको हो ।
निर्वाचनको सुनिश्चितताका लागि भन्दै विनाविभागीय हैसियतमा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्रीसहित नौ जना मन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी थिए ।
विना विभागीय मन्त्री पोखरेलले पार्टी अध्यक्षकोतर्फबाट हस्ताक्षरित पत्र बुझाएर आफूहरु औपचारिकरुपमा सरकारबाट बाहिरिएको जानकारी दिनुभयो ।
आफूहरु सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैदेखि माओवादी केन्द्र र नेकपा(संयुक्त) सम्बद्ध मन्त्रीलाई फिर्ता बोलाइ सरकारमा नरहेको जानकारी गराएको पत्रमा उल्लेख छ ।
माओवादी केन्द्रले सरकारबाट नयाँ जनादेशअनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको समेत अपेक्षा गरेको छ ।
गत असोज १७ गते नेकपा (एमाले) सँग वाम गठबन्धनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहकार्य गरेको, पार्टी एकताको प्रक्रियासमेत शुरु भएको अध्यक्ष दाहालको पत्रमा उल्लेख छ ।
वाम गठबन्धन र एकताको प्रक्रियाले निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय कार्यभारमा बाधा नपुगोस् भनेर आफूहरु सरकारमा बसिरहेको जानकारी दिँदै माओवादी केन्द्रले संघीय संरचनाअनुसार तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेको भन्दै सो कार्य सफलतापूर्वक सम्पन्न गराएकामा प्रधानमन्त्री देउवालाई धन्यवादसमेत दिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता