काठमाडौं, २७ पुस – पचास हजार मानिसले आगामी माघमा एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गर्ने भएका छन् ।
मानिसले विश्व कीर्तिमानी परिषद् नेपालको आयोजनामा गिनिज बुक अफ वल्ड रेकर्डसमा कीर्तिमान कायम गर्न माघ २७ गते स्थानीय टुंडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन् । ‘बुद्ध वाज वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन् ।
परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा प्रतिपादित बौद्ध दर्शन तथा उपदेशको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगत्मा प्रचारप्रसार गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिँदै भन्नुभयो, ‘राष्ट्र, राष्ट्रियता र स्वाभिमान दर्शाउन र नेपालीको जीवनमा महत्वपूर्ण रहेका बुद्ध उपदेश र ‘धम्मपद’ सस्वर वाचनमार्फत यसअघि कायम रहेको विश्व कीर्तिमान भङ्ग गरी नेपालको नाममा कायम गर्ने प्रयासस्वरुप यो राष्ट्रिय गौरवको कार्यक्रम गरिन लागेको हो ।’
सो कीर्तिमानी अहिले भारतका नाममा दर्ता छ । भारतले सन् २०१४ फेब्रुअरीमा ४६ हजार ६६० मानिसद्वारा १६ औं शताब्दीका कवि पोथानमद्वारा रचित ‘जानपना’ वाचन गरी कीर्तिमानी राखेको थियो । सो कार्यक्रम सफल बनाउन परिषद्ले नेपाल सरकार र विभिन्न संघसस्थासँग आग्रह गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत रुपमा रु ५१ हजार कार्यक्रमका लागि सहयोग गरिने घोषणा गर्नुभयो । कार्यक्रम सम्पन्न गर्न रु दुई करोडभन्दा बढी खर्च हुने परिषद्को अनुमान छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा