लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डन इकाईले आफ्नै भवन खरिद गरेको छ । तमुधिं यूकेका सात वटा इकाई मध्ये प्रभावशाली ठानिने साउथ इष्ट लन्डन इकाईले गत वर्ष करिब साढे तीन लाख पाउण्डमा अब्बीउडमा आफ्नै भवन खरिद गरेको हो । यसलाई अरु इकाई भन्दा ठूलो मानिन्छ ।
‘भवन खरिद भएपछि संस्थाप्रति अपनत्व र जिम्मेवारी अझ बढि हुने रहेछ’, इकाइका महासचिव हयारी गुरुङले वीनेपालीसंग भने, ‘हामी भविष्यमा जातीय तथा सामुदायिक हितका कार्यमा थप क्रियाशिल हुनेछौं ।’
महासचिव गुरुङले यही १३ जनवरीमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा १५ औं ल्होछार मनाउन लागिएको समेत अवगत गराए । इकाईले पूजा लगायत कार्यक्रम बिहान ११ बजेबाटै सुरु गरेपनि औपचारिक कार्यक्रममा उपस्थित हुन प्रमुख अतिथि तथा अतिथिहरुलाई दिउंसो तीन बजे आमन्त्रणा गरेको छ ।
उक्त अवसरमा गायिका मौसमी गुरुङ, मेलिना राई, गायक नरजंग गुरुङ र स्थानीय कलाकारले मनोरन्जन प्रदान गर्ने छन् । महासचिव गुरुङका अनुसार ल्होछारको उद्घाटन भने रोयल बोरो अफ ग्रीनवीचका पूर्व मेयर नोर्मन आदमले गर्ने कार्यक्रम छ ।
इकाईको आफ्नै भवनमा गत आइतबार ल्होछार तयारी बैठक भएको थियो । इकाई अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा सल्लाहकार मोहन गुरुङ लगायतले कार्यक्रम सफल बनाउने सम्वन्धमा विभिन्न सुझाव दिएका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा