लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डन इकाईले आफ्नै भवन खरिद गरेको छ । तमुधिं यूकेका सात वटा इकाई मध्ये प्रभावशाली ठानिने साउथ इष्ट लन्डन इकाईले गत वर्ष करिब साढे तीन लाख पाउण्डमा अब्बीउडमा आफ्नै भवन खरिद गरेको हो । यसलाई अरु इकाई भन्दा ठूलो मानिन्छ ।
‘भवन खरिद भएपछि संस्थाप्रति अपनत्व र जिम्मेवारी अझ बढि हुने रहेछ’, इकाइका महासचिव हयारी गुरुङले वीनेपालीसंग भने, ‘हामी भविष्यमा जातीय तथा सामुदायिक हितका कार्यमा थप क्रियाशिल हुनेछौं ।’
महासचिव गुरुङले यही १३ जनवरीमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा १५ औं ल्होछार मनाउन लागिएको समेत अवगत गराए । इकाईले पूजा लगायत कार्यक्रम बिहान ११ बजेबाटै सुरु गरेपनि औपचारिक कार्यक्रममा उपस्थित हुन प्रमुख अतिथि तथा अतिथिहरुलाई दिउंसो तीन बजे आमन्त्रणा गरेको छ ।
उक्त अवसरमा गायिका मौसमी गुरुङ, मेलिना राई, गायक नरजंग गुरुङ र स्थानीय कलाकारले मनोरन्जन प्रदान गर्ने छन् । महासचिव गुरुङका अनुसार ल्होछारको उद्घाटन भने रोयल बोरो अफ ग्रीनवीचका पूर्व मेयर नोर्मन आदमले गर्ने कार्यक्रम छ ।
इकाईको आफ्नै भवनमा गत आइतबार ल्होछार तयारी बैठक भएको थियो । इकाई अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा सल्लाहकार मोहन गुरुङ लगायतले कार्यक्रम सफल बनाउने सम्वन्धमा विभिन्न सुझाव दिएका थिए ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न