शुक्रबार, असोज ८ २०७८ | Fri, September 24, 2021
नेपालको समय: ०६:०४ | UK Time: 01:19

पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय

रासस
२०७४ पुष २४ गते १२:४९

काठमाडौँ, २४ पुस । सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आफ्नो बेवसाइटमार्फत यही पुस १४ गते जारी गरेको सार्वजनिक बिदासम्बन्धी सूचनामा सो कुरा जनाइएको छ । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक