भक्तपुर, २३ पुस – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ओली निवास, बालकोटमा भेटवार्ता भएको छ । साँझ सवा ६ बजे ओली निवास पुग्नु भएका प्रचण्ड र ओलीबीच करिब डेढ घण्टा भएको भेटवार्तामा पार्टी एकतालाई कसरी निष्कर्षमा पुरयाउने भन्ने र नयाँ सरकार निर्माण एवं राष्ट्रियसभा गठनबारे गम्भीर छलफल भएको छ ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुख्य रुपमा पार्टी एकतालाई निष्कर्षमा पुरयाउनेबारे छलफल भएको बताउनुभयो । उहाँले पार्टी एकतालाई निष्कर्षमा पुरयाउनै पर्छ भन्नेमा आफूहरु बीच छलफल भएको बताउँदै त्यसका लागि सोमबार आ-आफ्नो पार्टीभित्र छलफल गरेर मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले पार्टी एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पुरयाउनका लागि वैचारिक, राजनीतिक र सांगठनिक काम दुईवटै गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने र केही दिनभित्र पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुरयाउनेबारे दुई अध्यक्षबीच सहमति भएको जानकारी दिनुभयो ।
अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने वा नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।
भेटमा दुई पार्टीका अध्यक्ष ‘वान टु वान’ (सहयोगी बिना) वार्तामा बस्नु भएको थियो । एमाले अध्यक्ष ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार बैंकक जाने तय भएपछि त्यसअघि नै समझदारीको प्रयास स्वरुप भेटवार्ता भएको बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?