
लन्डन । रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीले बाल बालिकालाई नेपाली भाषा तथा संस्कृति सम्बन्धि कक्षा
सञ्चालन गर्ने भएको छ । आगामी शनिबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म नियमित कक्षा सञ्चालन हुनेछ ।
कक्षा सञ्चालनका लागि भाषातर्फ कुमार जोशी तथा राज कटुवाल र संस्कृतितर्फ ज्योत्सना बस्नेत एवं टीना थापालाई जिम्मा दिइएको छ । शनिबार गेसो हल प्लमस्टिडमा आयोजित एक समारोहबीच प्रमुख अतिथी नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले उक्त कक्षा शुभारम्भ गरे । मन्तव्य व्यक्त गर्दै राजदूत डा. सुवेदीले सोसाइटीले बेलायतमै जन्मे हुर्केका नेपाली बालबालिकालाई ध्यान दिंदै नेपाली भाषा कक्षा सञ्चालन गर्नु संस्थाको सरहानीय कदम भएको बताए ।
संस्थाका महासचिव जित रानाभाटले सञ्चालन गरेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष हरि गोविन्द गुरुङको अध्यक्षतामा भएको हो । कार्यक्रममा विशेष अतिथी थिइन् स्थानीय काउन्सिलर अन्जेला कोर्नफोर्थ । राजदूत र काउन्सिलरलाई संस्थाका निवर्तमान अध्यक्ष कुमार श्रेष्ठ र वर्तमान अध्यक्ष हरि गोविन्द गुरुङले खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष हयारी गुरुङले स्वागत मन्तव्य र संस्थाका सदस्य रामलाल थापाले हेल्थ एण्ड सेफ्टीबारेमा अवगत गराएका थिए ।
कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा एनआरएनए आइसिसी अनररी काउन्सिल सदस्य मोहन गुरुङ, संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, संस्थाका सदस्य तथा नेपाली भाषा तथा संस्कृति कक्षाका संयोजक कुमार जोशी, साहित्यकार सुमल कुमार गुरुङ, खगेन्द्र पाठक लगायतले शुभकामना दिए ।
सो अवसरमा एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपाने, कोषाध्यक्ष सचिन श्रेष्ठ, बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दिपक श्रेष्ठ लगायत करिब २५ बालबालिका तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कक्षा सञ्चालनका लागी काउन्सिलरको रोहबरमा ब्यानक बोर्न स्कुलकी हेड टिचर श्रीमती राचल फोर्डसंग पहिलो चरणको कुरा भइसकेको सोसाइटीका महासचिव रानाभाटले जानकारी दिए ।
तस्विर- गुणदेव घिमिरे
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]