
बुटवल, २१ पुस – रुपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ ।
अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको थियो । उहाँको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
देवदह नगरपालिका–२ स्थित ढेकावार खैरेनीमा आफ्नै काठ (स–मिल) मिलमा आगो तापेर बसिरहेका बेला कालो रङको पल्सर मोटरसाइकलमा आएको अज्ञात समूहले पौडेलको टोउकामा गोली हानेर फरार भएको थियो । गोली प्रहार गर्ने समूह सोही मोटरसाइकलमा रोहिणीखोलातर्फ भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यस्तै गोली प्रहारबाट स्थानीयवासी युवा पौडेल बलुको हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीले बन्द गरेका हुन् । मृतक पौडेल पूर्व गाविस अध्यक्ष तथा एमाले स्थानीय नेता नीलकण्ठ पौडेलका एक्ला छोरा हुन् ।
एक वर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो । वसन्त दुर्गाका नजिकका साथी थिए ।
घटनालगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने व्यक्तिले स्थानीय सञ्चारकर्मी र विभिन्न व्यक्तिलाई फोन गरी हत्या आफ्नो योजनामा गरेको बताएका छन् । उनले आफू मलेसियामा रहेको र आफ्नै योजनामा बुलुको हत्या भएको स्थानीय सञ्चारकर्मीलाई जनाएका छन् ।
एक वर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब वसन्तको पालो भन्दै धम्की दिएका थिए ।
गोली कसले चलायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गोली प्रहार गर्ने व्यक्ति कालो मोटरसाइकलमा रोहिणी खोलातिर भागेको स्थानीयवासीले बताएका छन् ।
घटनाका बारेमा अनुसन्धान भइरहेको र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा