
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको भरतपुर विमानस्थलमा बिहीबार प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त पत्रकार सम्मेलनमा । तस्बिर – नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस
चितवन, २० पुस – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार गठन अगाडि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी एकताका विषयमा दुई पार्टीका बीचमा सकारात्मक ढंगले छलफल अगाडि बढिरहेको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘सकेसम्म सरकार गठनभन्दा पहिला नै पार्टी एकता टुंग्याउँ भन्ने हाम्रो जोड छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी नभएको भए दुई दिनअघि नै पार्टी एकता टुंगिन सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘पार्टी एकताबारे छलफल चलेर उस्तै परे दुई दिन अगाडि टुंग्याउने भन्ने केपीजी र मेरो कुरा भएको थियो तर उहाँलाई बिसञ्चो भएकाले छलफल हुन सकेन, त्यसैले यो विषय टुंग्याउन ढिलो भयो ।’
अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै सरकार गठन हुने भन्दै पार्टी एकताका लागि सरकार गठन पर्खिन आवश्यक नरहेको बताउनुभयो ।
पार्टी एकताका विषयमा अनावश्यक कुरा आइरहेको भन्दै उहाँले जथाभावी बाहिर र पत्रपत्रिकामा नबोल्न तल्लो तहका नेतालाई निर्देशन दिएको पनि बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘पचास-पचास प्रतिशत होइन, त्यो गलत कुरा हो, केही साथीले बोल्नुभयो, आज मैले साथीहरुलाई कोही पार्टी एकताबारे बाहिर पत्रपत्रिका बोल्न जरुरी छैन, नेतृत्व तहमा गम्भीर छलफल भएको छ भनेको छु ।’
दुई पार्टीका दुई जना नेता भनेर पहिले नै निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले दुई जना नेतालाई समुचित भूमिका दिने कुरामा हामीभित्र बिमती र विवादको अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले अध्यक्ष र प्रधानमन्त्रीमा होइन, सुशासन र देशको समृद्धिमा, राष्ट्रिय एकतामा हाम्रो ध्यान केन्द्रीत छ ।’
दलहरुका बीचमा आज काठमाडौँमा सकारात्मक छलफल भएको भन्दै उहाँले छिटोभन्दा छिटो राष्ट्रियसभाको निर्वाचनको मिति तोक्ने समझदारी बनेको बताउनुभयो ।
अध्यक्ष दाहालले सबै पार्टीहरुले प्रदेश प्रमुख तोक्ने र प्रदेशको अस्थायी केन्द्र तोक्ने जिम्मा सरकारलाई दिइएको जानकारी दिदैं संविधानको मर्मअनुसार सरकारले तोकोस् भनेर सबै पार्टीहरुले सरकारलाई नै जिम्मा दिएको बताउनुभयो ।
प्रदेश केन्द्रको अन्तिम फैसला गर्ने अधिकार प्रदेशसभालाई भएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनको प्रक्रियाको निम्ति कुनै अवरोध नभएको भन्दै राष्ट्रियसभाको गठनलगत्तै सरकार गठनको प्रक्रिया पनि अगाडि बढ्ने बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग