
पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार धनगढी उपमहानगरपालिका–४ स्थित उत्तरबेहडीमा रहेको शिवपुरी धाम परिसरमा व्यवस्थापन समितिले दिएको मायाको चिनो हेर्दै । तस्बिर – तिलकराज ओझा, धनगढी, रासस
कैलाली, १९ पुस – पूर्वराजा ज्ञानेन्द्र शाहले आज धनगढीको उत्तरबेहडी–४ स्थित शिवपुरी धामको दर्शन गर्नुभयो ।
पूर्वराजा शाहले धनगढीको शिवपुरी धाम परिसरमा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्ने क्रममा आफू यस धार्मिक क्षेत्रको दर्शनका लागि इच्छुक रहेको र यो अरु केही नभई विशुद्ध धार्मिक यात्रा रहेको बताउनुभयो ।
उहाँले शिवपुरी धाम परिसरस्थित शिव मन्दिरमा पूजाआजा पनि गर्नुभयो ।
शिवपुरी धामको दर्शन गरी फर्कने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अहिले देशको अवस्था राम्रो रहेको र अहिल्यै बोलिहाल्ने केही कुरा नरहेको बताउनुभयो ।
सोल्टी होटल प्रालिको उद्घाटनका लागि पूर्वराजा एक हप्तादेखि स–परिवार नेपालगञ्जमा बस्दै आउनुभएकामा आज बिहान मात्रै धनगढी आइपुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
पूर्वराजासँगै पूर्वरानी कोमल, बुहारी हिमानी र नातिनी प्रेरणा शाह पनि धनगढी आउने कार्यक्रम रहेको भए तापनि पूर्वराजा शाह मात्रै यस क्षेत्रको दर्शनका लागि आउनुभएको मूल स्वागत समितिले जनाएको छ ।
पूर्वराजाको स्वागतका लागि कयौँ चौधरीको संयोजकत्वमा १०१ सदस्यीय मूल स्वागत समिति गठन गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता