काठमाडौँ, १९ पुस – सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सेनाको प्रवक्ताको जिम्मेवारी आजदेखि सहायकरथी गोकुल भण्डारीले सम्हाल्नुभएको छ ।
सहायकरथी नैनराज दाहालले निर्देशनालयमा आज आयोजित कार्यक्रममा सहायकरथी भण्डारीलाई कार्यभार हस्तान्तरण गर्नुभएको निर्देशनालयले जनाएको छ ।
सो अवसरमा सहायकरथी दाहालले करिब तीन महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सबै सञ्चारसंस्था तथा सञ्चारकर्मीबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार प्रकट गर्नुभयो ।
सहायकरथी भण्डारीले आफ्नो कार्यकालमा नेपाली सेना र पत्रकार जगत्बीचको सम्बन्ध थप प्रगाढ र सुमधुर बनाउँदै लैजान आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए