काठमाडौँ, १८ पुस – सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली काँग्रेसका शीर्षनेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएपछि सरकारको तयारी शुरु हुन थालेको बैठकमा सहभागी नेता बालकृष्ण खाँणले बताउनुभयो । काँग्रेस पदाधिकारी र प्रभावशाली नेतासँगको छलफलपछि प्रधानमन्त्री देउवाले तत्काल प्रमुख दलका शीर्षनेतासँग आवश्यक परामर्श गर्ने बताउनुभएको जनाइएको छ ।
छलफलपछि प्रधानमन्त्री देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलमा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सो विषयमा शीघ्र परामर्श गर्ने बताउनुभएको थियो ।
बैठकमा नेताहरुले अविलम्ब प्रदेश प्रमुख नियुक्त गर्न, राष्ट्रियसभा निर्वाचनको मिति तोक्न तथा निर्वाचनका लागि आवश्यक पूर्वाधारलगायत निर्णय गर्न सुझाव दिनुभएको थियो । निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री देउवासँग भेटी राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेश प्रमुख नियुक्त गर्न आग्रह गर्नुभएको थियो । आयोगले प्रदेशसभाको अन्तिम निर्वाचन मतपरिणाम प्रदेश प्रमुखलाई नै बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
बैठकमा निर्वाचनपछि पार्टी पंक्तिमा तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने आवाज उठेको सम्बन्धमा पनि छलफल भएको नेता खाँणले बताउनुभयो । छलफलमा प्रधानमन्त्री देउवाले पार्टीमा बृहत्तर एकताको आवश्यकता औँल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने बेला भएकाले सुझाव माग्नुभएको थियो ।
सहभागी नेताहरुले राष्ट्रियसभा निर्वाचन तयारीसँगै पार्टीको केन्द्रीय समिति बैठक बोलाउन र उक्त बैठकले नै महासमिति बैठक बारेमा निर्णय लिनुपर्ने सुझाव दिनुभएको थियो । बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेता खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा रामशरण महत, डा प्रकाशशरण महत, महेश आचार्य, डा मीनेन्द्र रिजाल खाँणलगायत उपस्थित हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो