
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल पर्वतारोहण संघको साधारणसभामा पुरस्कृतहरुका साथ । तस्बिर – नवीन पौडेल, रासस
काठमाडौँ, १४ पुस – मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए) को २७ औँ वार्षिक साधारणसभाको आज उद्घाटन समारोहका वक्ताले पर्यटन क्षेत्र नै आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएकाले सरकार निजी क्षेत्रको साझेदारिताकासाथ पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाइनुपर्ने खाचो औँल्याउनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्वतारोहण, पदयात्राको असाधारण महत्व रहेको र योसँगै सिंगो पर्यटन व्यावसायिक पक्ष जोडिएकाले यसलाई उच्च प्राथमिकताका साथ अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।
नेपाल विश्वकै असाधारण पर्यटकीय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक र जैविक विविधताको अधिकतम सदुपयोग गरी देशको समृद्धिसँग जोडेर लैजानुपर्ने धारणा राख्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ठट्यौली शैलीमा भन्नुभयो, ‘मलाई सगरमाथाको चुचुरोमा पुगौँ पुगौँ लागेको छ तर सम्भव छैन त्यो चुनौतीपूर्ण छ । सगरमाथा आरोहण ‘कुर्सीमा बसेर चेस खेलेजस्तो र टेबलमा राखेर क्यारेमबोर्डको गोटी हानेजस्तो हैन’ यो असाध्यै चुनौतीपूर्ण छ, यस साहसिक काम सगरमाथा आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सरोकार निकायले ध्यान दिनुपर्छ ।’
नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले नेपालको हिमाल सम्पत्ती भएकाले यसको वातावरण सन्तुलन कायम राखी देश र जनताको समुन्नतिमा अधिकतम उपयोग गरिनुपर्ने धारणा राख्नुभयो ।
एमालेका सचिव प्रदीप ज्ञवालीले नेपालका हिमाल पर्यटकीय गन्तब्य मात्र नभई पहिचान र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर लैजानुपर्ने बताउनुभयो ।
एनएमएका अध्यक्ष शन्तवीर लामाले पर्वतीय पर्यटन विकासमा संस्थाले खेलेको भूमिका, चुनौती र आगामी रणनीतिबारे जानकारी गराउनुभएको थियो ।
उहाँले एनएमएले वार्षिक रोयल्टी उठाउँदै आएका १२ वटा हिमालको गत भदौ मसान्तमै समयावधि सकिए पनि पर्यटन विभागले अझै नवीकरण नगरेको भन्दै यथाशीघ्र नवीकरणका लागि ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा, नेकपा (माओवादी केन्द्र) का पर्यटन विभाग प्रमुख टेकबहादुर बस्नेत र पर्यटन व्यवसायीको उपस्थिति थियो ।
राससकर्मी पत्रकार पुरस्कृत
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिवी अधिकारी ‘दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०१६’ बाट पुरस्कृत हुनुभएको छ ।
नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनमा समाचार र लेखबाट महत्वपूर्ण योगदान पुरयाएको भन्दै नेपाल पर्वतारोहण संघ (एनएमए) ले आज आफ्नो २७औँ वार्षिकोत्सवका अवसरमा अधिकारीलाई नगदसहित सम्मान गरेको हो ।
सोही पुरस्कारबाट पर्यटन पत्रकार प्रकाश खालिङ र फोटो पत्रकार हरि गोपाल प्रधानलाई पनि सम्मान गरिएको छ ।
यसैगरी यस वर्षको ‘दावा नर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार’ बाट दि राइजिङ नेपालका सम्पादक बल्लभमणि दाहाल पुरस्कृत हुनुभएको छ ।
यस्तै कुमार खड्ग विक्रम साहसिक पुरस्कारबाट चर्चित आरोही मिङमा शेर्पा र डा हर्क गुरुङ पर्वतीय पुरस्कार सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०७३-०७४ मा संघअन्तर्गतका हिमालको सर्वाधिक आरोहण अनुमति जारी गर्ने उत्कृष्ट १० वटा स्रोत संस्थालाई पुरस्कृत गरिएको थियो । संस्थाका तर्फबाट ती सबै पुरस्कार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने