काठमाडौँ, १४ पुस – नेकपा(माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश नं १ मा सीता थेवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मालाई प्रदेशसभा सांसदमा सिफारिश गरिएको छ ।
यस्तै प्रदेश नं २ का लागि जगतप्रसाद यादव, महम्मद समीर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदालाई चयन गरिएको छ । प्रदेश नं ३ का लागि दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाललाई सिफारिश गरिएको छ ।
माओवादी केन्द्रका अनुसार प्रदेश नं ४ का लागि गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ) दिलमाया रोका मगर (गौतम) लाई चयन गरिएको छ । प्रदेश नं ५ का लागि गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दीपा विक, सुष्मा यादव सिफारिश हुनुभएको छ ।
त्यसैगरी प्रदेश नं ६ का लागि पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह सिफारिशमा पर्नुभएको छ । नेपाली र केसी माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । माओवादी केन्द्रले प्रदेश नं ७ मा निर्मला बडाल (जोशी), कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली प्रदेशसभा सांसदका लागि सिफारिश गरेको छ ।
पार्टीले अधिकांश प्रदेशमा महिलालाई सिफारिश गरेको छ । संविधानको मर्मअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व मिलाउनैपर्ने बाध्यकारी व्यवस्थाका कारण कूल ३५ जनामा पाँच जना मात्रै पुरुष सिफारिशमा परेका छन् । प्रदेश नं २ मा दुई र प्रदेश नं ३ मा तीन पुरुष सिफारिशमा परेका छन् । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ माओवादी केन्द्रका ७४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका थिए ।
निर्वाचन आयोगले आजसम्म प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम बुझाउन समय दिएको थियो । सोही समयभित्रै आयोगलाई उम्मेदवारको नाम बुझाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने