भक्तपुर, १२ पुस – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज ओली निवास बालकोटमा डेढ घण्टा लामो भेटवार्ता भएको छ ।
सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि आज दुई अध्यक्षबीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
सञ्चारकर्मीलाई भेटका बारेमा जानकारी दिँदै उहाँले पार्टी एकता, सरकार गठनका बारेमा बाहिर आएका हल्ला गलत भएको भन्दै यसमा कुनै समस्या नरहेको र उहाँहरुबीच एकमत रहेकाले यसलाई छिटो टुंगोमा पुरयाउनेबारे छलफल भएको बताउनुभयो । भेटका क्रममा नयाँ सरकार गठनका लागि सरकारले तुरुन्त बाटो खोलिदिनुपर्नेमा दुई अध्यक्षको एक मत रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘वर्तमान सरकारले नयाँ सरकार गठनको बाटो तुरुन्त खोलिदिनुपर्छ, पार्टी एकता छिटो गर्नुपर्छ, सरकारले राष्ट्रपति कार्यालयमा पठाएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश फिर्ता लिँदै अध्यादेशको गाँठो सरकारले छिटो फुकाउनुपर्छ र निर्वाचन आयोगले देखिएका व्यवधान फुकाएर लैजानुपर्छ भन्नेबारेमा दुई अध्यक्षबीच छलफल भयो र दुवैको यसमा एकमत रह्यो ।’
पार्टी एकता संयोजन समितिको बैठक थप छलफलपछि भोलि बस्नेबारेसमेत छलफल भएको उहाँले जानकारी दिनुभयो । प्रेस संयोजक अधिकारीले भन्नुभयो, ‘थप छलफलले ठोस एजेण्डा तय गरेपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने उहाँहरुबीच कुराकानी भएको छ ।’
अब बन्ने एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने-नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा ओली र प्रचण्डमात्रै बसेर भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
गत असोज १७ गते दुई पार्टीबीच घोषणा गरिएको सहमतिपत्रमा ‘समितिले पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना तयार पार्ने’ उल्लेख गरिएको थियो । साझा घोषणापत्र र साझा उम्मेदवारसहित चुनाव लडेका यी दुई दलले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरे पनि कात्तिक १५ यता नेताहरूबीच औपचारिक बैठक बस्न सकेको थिएन ।
पार्टी एकता र स्थिर सरकार गठनको नारासहित चुनावमा बहुमत प्राप्त गरेका एमाले र माओवादी केन्द्रले लिने नीतिले भावी राजनीतिलाई प्रभाव पार्ने भएकाले चासोका साथ हेरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन