
क्रिसमस डेको अवसरमा त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा आयोजना गरिएको कार्यक्रममा रमाउँदै युवाहरु । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, १० पुस – क्रिश्चियन धर्मका संस्थापक यशु ख्रिस्टको जन्म जयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइयो ।
यस अवसरमा उपत्यकाका ठमेल, दरबारमार्ग, बौद्ध, भक्तपुर, ललितपुरलगायत स्थानमा ‘क्रिसमस ट्री’ बनाएर सजाइएको छ । मानिसले एकआपसमा क्रिसमस दिवसको शुभकामना आदान–प्रदान गरेका छन् । यस अवसरमा विभिन्न स्थानमा सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।
दिवस मनाइएका स्थलमा यशुको शिक्षा एवं उपदेशको चर्चा साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिएको छ । यशु ख्रिस्टको शुभ जन्म दिनको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ का दिन संसारभर विशेष महत्वका साथ यो पर्व मनाइन्छ ।
नेपालमा क्रिस्टियन इतिहास ४०० वर्ष भन्दा पुरानो रहेको विश्वास गरिन्छ । हाल देशभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी क्रिस्टियन समुदाय रहेको राष्ट्रिय क्रिस्टियन महासंघले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने