काठमाडौँ, ८ पुस – वाम गठबन्धनका नेताहरूले मुलुकको समृद्धिका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जतिसक्दो चाँडो पार्टी एकता हुने प्रस्ट पारेका छन् ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको प्रथम वार्षिक साधारणसभालाई सम्वोधन गर्दै वाम गठबन्धनका युवा नेताहरूले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकतालाई जनताले अनुमोदन गरिसकेको सन्दर्भमा भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।
माओवादी केन्द्रका नेता तथा बिना विभागीयमन्त्री जनार्दन शर्माले तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने र सरकार निर्माणसँगै पार्टी एकता हुने बताउनुभयो ।
वाम सरकार गठन भएसँगै मुलुकमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै मुलुकलाई सम्वृद्धि र विकासको बाटोमा अगाडि बढाउने उहाँको भनाइ छ ।
एमालेका सचिव योगेश भट्टराईले कम्युनिष्ट पार्टीहरू सधैँभरि प्रजातन्त्र र जनताको पक्षमा रहेको हुँदा लोकतान्त्रिक मूल्य मान्यताको आधारमा छिट्टै सरकार गठन गरेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले वाम सरकार गठन भएपछि मुलुकमै रोजगारीको सिर्जना गरी विदेशीयका युवालाई स्वादेशमै फर्काउने, व्यवसायमा लगानी गर्नुका साथै मुलुकका विद्यमान समस्या समाधान गर्ने बताउनुभयो ।
मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले कला, शीप र दक्षताका धनी सुनचाँदी व्यवसायी तथा कामदारको राज्यले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । सुनचाँदी व्यवसायी तथा कामदारको पेशागत संरक्षणका लागि २०७३ असोज १२ गते स्थापना गरिएको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ