लन्डन । लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ फर्मको छैठौं वार्षिकोत्सव शुक्रबार सांझ एक कार्यक्रमबीच मनाइएको छ । अल्पर्टनस्थित क्ले ओभनमा क्रिसमस डिनरसहित आयोजित कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले सांसद बीरेन्द्र शर्मा, इलिङ डेपुटी लिडर रन्जित धीर, इलिङ पूर्व मेयर काउन्सिलर हरबजन कौर र अन्य विशिष्ठ अतिथीहरुको स्वागत गरेका थिए ।
कार्यक्रमका अवसरमा सांसद शर्माले ल फर्मका तर्फबाट कर्मचारी, नेपाली समुदायमा योगदान गर्ने व्यक्तित्व अनि मिडियाकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरे ।
सोलिसिटर थापाले आफ्नो फर्म नेपाली समुदायको हित र कानुनी सेवामा निरन्तर लागिरहने प्रण गरे । सन् २०११, डिसेम्बरमा स्थापित एभरेष्ट ल बेलायत र युरोपमै पहिलो नेपाली ल फर्म भएको जनाउंदै थापाले सन् २०१५ मा बेलायत सरकारको नयां नीतिपछि विशेष गरि भूपू गोर्खा मुद्दामा फर्मले उच्च सफलता प्राप्त गरेको बताए ।
उक्त फर्मले अध्यागमन, फेमिली ल, कमर्सियल कन्भियन्सिङ, वील्स एण्ड प्रोबेट लगायत क्षेत्रमा कानुनी सेवा र बेला बखत समुदायमा निशुल्क कानुनी परामर्श उपलब्ध गराइरहेको छ ।
कार्यक्रममा ब्यारिस्टरहरु सराज अहमद, राफेल जेसुरम, क्लिन म्याककार्थी, विभिन्न फर्मका कयौं सोलिसिटरहरु, गोर्खा अभियन्ता, मिडियाकर्मी लगायतको सहभागिता थियो ।
तस्विरहरु- शिव भण्डारी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न