लन्डन । लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ फर्मको छैठौं वार्षिकोत्सव शुक्रबार सांझ एक कार्यक्रमबीच मनाइएको छ । अल्पर्टनस्थित क्ले ओभनमा क्रिसमस डिनरसहित आयोजित कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले सांसद बीरेन्द्र शर्मा, इलिङ डेपुटी लिडर रन्जित धीर, इलिङ पूर्व मेयर काउन्सिलर हरबजन कौर र अन्य विशिष्ठ अतिथीहरुको स्वागत गरेका थिए ।
कार्यक्रमका अवसरमा सांसद शर्माले ल फर्मका तर्फबाट कर्मचारी, नेपाली समुदायमा योगदान गर्ने व्यक्तित्व अनि मिडियाकर्मीहरुलाई प्रशंसापत्र प्रदान गरे ।
सोलिसिटर थापाले आफ्नो फर्म नेपाली समुदायको हित र कानुनी सेवामा निरन्तर लागिरहने प्रण गरे । सन् २०११, डिसेम्बरमा स्थापित एभरेष्ट ल बेलायत र युरोपमै पहिलो नेपाली ल फर्म भएको जनाउंदै थापाले सन् २०१५ मा बेलायत सरकारको नयां नीतिपछि विशेष गरि भूपू गोर्खा मुद्दामा फर्मले उच्च सफलता प्राप्त गरेको बताए ।
उक्त फर्मले अध्यागमन, फेमिली ल, कमर्सियल कन्भियन्सिङ, वील्स एण्ड प्रोबेट लगायत क्षेत्रमा कानुनी सेवा र बेला बखत समुदायमा निशुल्क कानुनी परामर्श उपलब्ध गराइरहेको छ ।
कार्यक्रममा ब्यारिस्टरहरु सराज अहमद, राफेल जेसुरम, क्लिन म्याककार्थी, विभिन्न फर्मका कयौं सोलिसिटरहरु, गोर्खा अभियन्ता, मिडियाकर्मी लगायतको सहभागिता थियो ।
तस्विरहरु- शिव भण्डारी
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने