
वीरगन्ज महानगरपालिकाको–१२ मुर्लीबगैचास्थित मतदान केन्द्रमा लाम लागेका मतदाता परिचयपत्र देखाउदै । तस्बिर – बिजय कुमार महतो, पर्सा, रासस
काठमाडौँ, ७ पुस – कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुरुप भएको टिप्पणी गरेको छ ।
आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ ।
तर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा कडाइ गरिएको तथा निर्वाचन प्रक्रियाको पारदर्शीतामा कमी देखिएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयले पहिलो चरणको निर्वाचन परिणामलाई १० दिन परिणाम ढिलो गर्ने आशय देखिएको र जसका कारण मतदातामा आक्रोश पैदा भएको देखिएको छ ।
प्रथम चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले आधिकारिक मतगणनासम्बन्धी थुप्रै निर्देशन जारी गरेको तर अधिकांश मतदान अधिकृतले यसको पूरै बेवास्ता गर्दै मतगणना प्रक्रियामा राजनीतिक दलका एजेण्टसँग सहमति गर्ने बाटो अवलम्बन गरेको पाइयो ।
सन् १९८२ मा स्थापना भएको कार्टर सेन्टरले विश्वका ८० मुलुकमा द्वन्द्व समाधान गर्ने, मानव अधिकार, आर्थिक अवसर तथा स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग गर्दै आएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग