
काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर चीनको छन्दु सहरमा आयोजना भएको छ दिवसीय नेपाल सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटो प्रदर्शनी अवलोकन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल । तस्वीर सौजन्य – साइनो नेपाल मिडिया सोसाइटी रासस
काठमाडौँ, ३ पुस – पर्यटन प्रवर्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनको छन्दुमा शुरु भएको छ ।
काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि शुरु गरिएको हो ।
दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तीमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा नेपालका धार्मिक, सांस्कृतिक, पर्यटन, कला संस्कृतिसँग जोडिएका तस्बीर प्रदर्शनीमा राखिएको छ ।
प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवर्धनका क्षेत्रमा छन्दु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारणा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको मौलिक संस्कृति, कला, रहन–सहन र पर्यटकीयस्थलबारे चिनियाँ नागरिकलाई जानकारी गराउन र नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या बढाउन फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
नेपाल पर्यटन बोर्ड, बेइजिंगस्थित नेपाली राजदूतावास, सिछुवान प्रान्तीय र छन्दु नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लब लगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।
सन् २०१८ मा धेरैभन्दा धेरै चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरुमार्फत सन् २०१९ मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन सकिने सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
उद्घाटनका अवसरमा सिछुवान प्रान्त र छन्दु नगरपालिकाका उच्च पदस्थ सरकारी अधिकारी, स्थानीय पर्यटन व्यवसायी, फोटाग्राफर क्लबका अधिकारी, पत्रकार, छन्दुमा अध्ययनरत नेपाली विद्यार्थीलगायत १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको जनाइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल