काठमाडौँ, २८ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ ।
निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २८ लाख ९९ हजार ३३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख १७ हजार ९३० मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र ११ लाख ६६ हजार ३९५ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १३ हजार ८७० मत पाएको छ ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी राजपा नेपालले तीन लाख ७१ हजार १३, विवेकशील साझाले एक लाख ९४ हजार ७५४, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले एक लाख ८६ हजार ९५५, नयाँ शक्ति पार्टी नेपालले ७४ हजार ७३४, राप्रपा प्रजातान्त्रिकले ७२ हजार ८९४ र नेपाल मजदुर किसान पार्टीले ५२ हजार २१५ मत ल्याएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान