
लन्डन । स्वास्थ्यका कारण करिब १८ हजार ब्रिटिश आर्मी युद्धको अग्रमोर्चामा लड्न अयोग्य भएका खुलेको छ । कन्जरभेटिभ सांसद एन्ड्रियू बोले अध्यक्षता गरेको संसदीय समितिलाई लिखित जवाफ दिंदै बेलायतको रक्षा मन्त्रालय (एमओडी) ले उक्त तथ्यांक दिएको फोर्सेस टिभीले जनाएको छ ।
ब्रिटिश आर्मीको संख्या ८२ हजार हुनुपर्नेमा अहिले घटेर ७८ हजार ४०७ छ । यो हिसावले २२ प्रतिशत ब्रिटिश आर्मी कुनै पनि युद्धको अग्रपंक्तिमा गएर लड्न अयोग्य (रोगी) छन् । स्कटल्याण्डको वेष्ट एबरडिनसायर एण्ड किनकार्डिन क्षेत्रका सांसद एन्ड्रियूले ब्रिटिश आर्मीमा ७७ प्रतिशतमात्र युद्धमा खटिन सक्षम हुनु चिन्ताको विषय भएको बताए ।
ब्रिटिश आर्मीका प्रवक्ताले भने बेलायतलाई सुरक्षित राख्न आर्मी संख्या पर्याप्त भएको बताएका छन् । ति प्रवक्ताले ९५ प्रतिशत पदपूर्ति भइसकेको र गत वर्षमात्र विभिन्न पदमा ८ हजार सेना भर्ती गरिएको जनाए ।
गोर्खाहरु पनि दुई सय वर्ष भन्दा बढि समयदेखि ब्रिटिश आर्मीमा सशक्त र एउटा अभिन्न अंगका रुपमा सेवारत रहंदै आएका छन् । अफगानिस्तान तथा इराक युद्धमा गोर्खाहरु पनि अग्रपंक्तिमा खटिने गरेका छन् । ब्रिटिश आर्मी अहिले अफगानिस्तान, इराक, अफ्रिका, बाल्टिक, ब्रुनाइ, क्यानाडा, साइप्रस, जर्मनी, जिब्रलटार, साउथ एटलाण्टिक आइल्याण्ड आदिमा छन् । ति सेनाको भूमिका युद्ध लड्न देखि मानवीय सहायता वितरण तथा शान्ति स्थापनाका लागि छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार