
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदातालाई गाडीबाट धन्यवाद ज्ञापन गर्दै । तस्बिर – नारायण अधिकारी, चितवन, रासस
चितवन, २७ मंसिर – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताउनुभएको छ ।
माडीको बरुवामा आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताउनुभयो ।
देश र जनतालाई अहिले विकासको आबश्यकता छ भन्दै उहाँले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताउनुभयो ।
आफूले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो ।
माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि रिभर म्यानेजमेन्ट मास्टर प्लानअन्तर्गत काम गर्ने बताउँदै उहाँले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माण गर्ने बताउनुभयो ।
निर्वाचित भएपछि भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर ३ मा पर्ने विभिन्न वडामा घरदैलो गरी मतदातालाई धन्यबाद दिनुभएका प्रचण्डले आज माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिनुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा