
नेपाली कांग्रेसका महामन्त्री एवं नवलपरासी पूर्व क्षेत्र–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशांक कोईराला बुधबार मतदातालाई धन्यवाद दिँदै । तस्विर- रासस
काठमाडौं, २७ मंसिर – पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ ।
प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं ३ को मतगणना आज सकिएसँगै प्रतिनिधिसभाको सबै १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३३० वटै निर्वाचन क्षेत्रको मतगणना पनि सकिएको हो ।
प्राप्त विवरणअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका ८०, नेकपा माओवादी केन्द्रका ३६, नेपाली काँग्रेसका २३, राष्ट्रिय जनता पार्टी, नेपालका ११ र संघीय समाजवादी फोरम, नेपालका १० प्रतिनिधि निर्वाचित भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
यसैगरी नयाँ शक्ति पार्टी, नेपालका एक, नेपाल मजदूर किसान पार्टीका एक, राष्ट्रिय जनमोर्चाका एक र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रतिनिधि तथा स्वतन्त्र एक निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा पाँच महिला निर्वाचित भएका छन् ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ नेकपा एमालेका १६८, नेकपा माओवादी केन्द्रका ७३, नेपाली काँग्रेसका ४१, संघीय समाजवादी फोरम, नेपालका २४, राष्ट्रिय जनता पार्टी, नेपालका १६, स्वतन्त्र तीन, नयाँ शक्ति पार्टी नेपालका दुई, राष्ट्रिय जनमोर्चाका दुई, नेपाल मजदुर किसान पार्टीका एक उम्मेदवार निर्वाचित भएका छन् भने प्रदेशसभातर्फ १७ महिला उम्मेदवार विजयी भएका छन् ।
आयोगका अनुसार हालसम्म ५६ लाख ८९ हजार ८५९ मतगणना सम्पन्न भएकामा नेकपा एमालेले १९ लाख ८९ हजार ५००, नेपाली काँग्रेसले १९ लाख चार हजार २०८, नेकपा माओवादी केन्द्रले सात लाख ६८ हजार ३७८ र संघीय समाजवादी फोरम नेपालले दुई लाख ५२ हजार ६९८ मत प्राप्त गरेका छन् ।
दिउँसो १२ बजेसम्ममा राष्ट्रिय जनता पार्टी, नेपालले एक लाख ८९ हजार २०४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ३२ हजार ५००, विवेकशील साझा पार्टीले एक लाख २३ हजार ६२, नयाँशक्ति पार्टी, नेपालले ५६ हजार ५८४, राष्ट्रिय प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिकले ४४ हजार १७५ र राष्ट्रिय जनमोर्चाले ३५ हजार ९७ तथा अन्य दलले एक लाख ९४ हजार ४५३ मत प्राप्त गरेका आयोगले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट